राजामौलीको ड्रीम प्रोजेक्ट ‘महाभारत’मा नानी एक हिस्सा हुने
नयाँ दिल्ली । महाभारतको विषयमा फिल्म बनाउने चाहने धेरै छन् । बलिउड निर्देशक बीआर चोपडाले यस महाकाव्यमा एउटा धारावाहिक बनाए । जुन निकै सुपरहिट भयो ।
अब बाहुबली र आरआरआर जस्ता फिल्म बनाउने एसएस राजामौली पनि महाभारतमा फिल्म बनाउन चाहन्छन् । यो उनको ड्रिम प्रोजेक्ट हो । हालै राजामौलीले आफ्नो ड्रीम प्रोजेक्टमा कास्टिङबारे घोषणा गरेका थिए । त्यसपछि फ्यानहरू राजामौलीको महाभारतप्रति झनै उत्साहित भएका छन् ।
हालै, निर्देशक राजामौली दक्षिण भारतीय अभिनेता नानीको आगामी फिल्म ‘हिटः द थर्ड केस’को प्रि–रिलिज कार्यक्रममा पुगेका थिए । यस समयमा, निर्देशकले आफ्नो महाभारतबारे अपडेट शेयर गरेका थिए । उक्त कार्यक्रमकी होस्ट सुमा कनकलाले राजामौलीलाई महाभारतको कास्टिङका बारे प्रश्न गरेकी थिइन् । यस प्रश्नको जवाफ दिँदै, राजामौलीले अभिनेता नानी महाभारतको हिस्सा हुने पुष्टि गरेका थिए । तर नानीलाई कुन भूमिकाका लागि लिइएको भनेर चाहिँ निर्देशकले बताएनन् ।
‘एसएसएमबी २९’को सुटिङमा व्यस्त छन् राजामौली
यतिबेला राजामौली महेश बाबुको फिल्म ‘एसएसएमबी २९’को छायाङ्कनमा व्यस्त छन् । यसैबिच, जब राजामौलीलाई सो फिल्मबारे अपडेट दिन भनिएको थियो ।
तर यस कुरामा निर्देशक मौन रहे, केही पनि बताएनन् । ‘एसएसएमबी २९’को साथमा महेश बाबुसँगै अभिनेत्री प्रियंका चोपडा र पृथ्वीराज सुकुमारन पनि देखिनेछन् । हाल फिल्मको छायांकन चलिरहेको छ, त्यसैले फिल्मबारे थप जानकारी अहिलेसम्म खुलाइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
-
प्रस्तोता एस्ले केनका महिलाविरोधी अभिव्यक्ति, बीबीसी पनि तानियो विवादमा
-
नेपालमा मनसुन आगमनमा ढिलाइ: ‘एल–निनो’का कारण कम वर्षा र उच्च तापक्रमको जोखिम
-
पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
-
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण