‘शिक्षक आन्दोलनमा सरकारले घुसपैठ गराएर दमन गर्यो’
सोमबार, १५ वैशाख २०८२, १२ : १५

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले सरकार फेरि दमनमा उत्रिएको भन्दै आलोचना गरेकी छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै कार्कीले सरकारको आलोचना गरेकी हुन् ।
उनले आइतबारको शिक्षक आन्दोलनमा सरकारले आफैँ घुसपैठ गराएर शिक्षकहरूमाथि लाठीचार्ज, पानीको फोहोर र अश्रु ग्यास प्रयोग गरेर ६२ जना शिक्षकलाई घाइते बनाएको बताइन् । उनले सरकारले गत चैत १५ गते एक पत्रकारको हत्या गरेको आरोप लगाउँदै आइतबारको प्रदर्शनमा पत्रकार सविना कार्कीलाई घाइते बनाएको जिकिर गरिन् ।
उनले भनिन्, ‘म सरकारलाई भन्न चाहन्छु, शिक्षा ऐन दिएर शिक्षकहरूलाई पठनपाठनमा पठाउने वातावरण तयार गरियोस् । आवासीय चिकित्सकहरूलाई उनीहरूको जायज माग पूरा गरेर अस्पतालमा पठाउने वातावरण तयार गरोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–इरानबिच तनाव : नेपालीको सुरक्षामा परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण
-
मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा लाग्ने प्रतिबद्धता
-
गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज
-
'मिस ग्रान्ड नेपाल २०२५' जित्ने दाउमा गरिमा
-
कसिलो स्रोतबिच सुदूरपश्चिम प्रदेशको महत्वाकांक्षी बजेट
-
बागमती प्रदेशको बजेट : स्थानीय तहले कति पाए ?