नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले जनमतसँग पार्टी एकता प्रक्रिया टुङ्गो लगाउने उद्देश्यसहित केन्द्रीय समिति बैठक बोलाएको छ ।
रेशम चौधरी संरक्षक रहेको सो पार्टीको बैठक आज काठमाडौँस्थित प्रज्ञा भवनमा बस्न लागेको हो ।
नागरिक उन्मुक्ति पार्टीका महासचिव गंगाराम चौधरीका अनुसार, डा. सिके राउत नेतृत्वको जनमत पार्टीसँग पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । वैशाख १७ गते एकता घोषणा गर्ने तयारीलाई अन्तिम रूप दिन बैठक बोलाइएको उनले बताए । यसअघि नै दुवै पार्टीबिच एकताको निर्णय भइसकेको छ ।
बैठकमा पदाधिकारी चयन, विधानको टुङ्गो, र केन्द्रीय समिति गठनसम्बन्धी विषयमा निर्णय गरिनेछ । दुवै पार्टीबिच केन्द्रीय समिति, पदाधिकारी र अन्य समितिमा समान (५०÷५०) सहभागिता रहने सहमति भइसकेको छ ।
एकीकृत पार्टीको नाम जनमत पार्टी हुने र चुनाव चिन्ह ढकिया रहने सहमति भएको छ। नयाँ पार्टीको कार्यकारी अध्यक्ष डा. सिके राउत हुनेछन् भने संरक्षक रेशम चौधरी र सहअध्यक्ष रञ्जिता श्रेष्ठ रहने तय भएको छ।
एकीकृत पार्टीको केन्द्रीय समिति ७०० सदस्यीय र पदाधिकारी सङ्ख्या ५१ सदस्यीय हुने जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण