विपिन गुरुङ नेतृत्वको एनआरएनएद्वारा कोरियामा बुद्धको प्रचार, तस्बिरहरू
दक्षिण कोरिया । नेपाल बौद्ध परिवार दक्षिण कोरियाको आयोजनामा तथा विभिन्न संघ-संस्था र व्यक्तिहरूको सक्रिय सहभागितामा भगवान गौतम बुद्धको २६६९ औं जन्मजयन्तीको अवसरमा एक कार्यक्रम सम्पन्न गरिएको छ ।
दक्षिण कोरियाको राजधानी सउलमा शनिवार भगवान गौतम बुद्धको २६६९ औं जन्मजयन्तीको अवसरमा आयोजित 'लोटस लान्टर्न फेस्टिभल' सम्पन्न गरिएको हो ।
उक्त कार्यक्रममा विपिन गुरुङ नेतृत्वको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले महत्त्वपूर्ण सहभागिता जनाउँदै "बुद्ध नेपालमा जन्मिएका हुन्" भन्ने सन्देशलाई थप सशक्त बनाएको छ। कार्यक्रमका क्रममा सो सन्देश लेखिएका पर्चा र ब्यानरहरू वितरण गरिएको थियो।
एनआरएनए दक्षिण कोरियाले विगतदेखि नै "बुद्ध वाज बर्न इन नेपाल" अभियान अन्तर्गत विभिन्न रचनात्मक तथा सृजनात्मक कार्यक्रमहरू गर्दै आएको जनाएको छ। अध्यक्ष विपिन कुमार गुरुङले आगामी दिनहरूमा पनि अभियानलाई अझ व्यापक बनाउँदै लगिने बताए ।
यसैगरी महासचिव महासचिव अजय सोडारीले भगवान बुद्धसम्बन्धी फैलाइएका भ्रमहरूको खण्डन र सत्य तथ्यको प्रचारप्रसारमा निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण