पर्सामा इँटा भट्टाले खनेको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु
सोमबार, १५ वैशाख २०८२, १४ : ५२

वीरगञ्ज । पर्सामा इँटाभट्टाले बनाएको खाडलमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । पर्साको पर्सागढी नगरपालिका –५ बहुअर्वास्थित हीरा इँटा भट्टाको खाडलमा जमेको पानीमा बालिकाहरू डुबेका पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।
मृत्यु हुनेमा सोही स्थानका रुस्तम मियाँकी ५ वर्षीया छोरी नेहा खातुन र मुख्तार मियाँकी ५ वर्षीया छोरी अफसाना खातनु रहेका प्रवक्ता लम्सालले बताए ।
प्रहरीका अनुसार दुवै बालिका बिहान बाख्रा चराउन गएका थिए । डुबेर घाइते भएका उनीहरुलाई उपचारका लागि नारायणी अस्पताल लगिएको तर उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद शेरचनले फेसबुकमा पोस्ट गरे राजीनामाको नमुना
-
आइतबार एमाले सचिवालय बैठक बस्ने
-
ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
-
पर्वतका मल्लद्वारा पाँचौँ पटक सगरमाथाको आरोहण
-
आराध्य बने ‘युसिमास च्याम्पियन अफ दी च्याम्पियन’
-
वैचारिक रूपमा स्पष्ट वैकल्पिक पार्टी अहिलेको आवश्यकता : मानुषी यमी भट्टराई