कस्मेटिक,फुड्स सप्लिमेन्ट आयात तथा उत्पादकलाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कस्मेटिक, फुड्स सप्लिमेन्ट तथा न्यूट्रास्युटिकल आयात/उत्पादनकर्ताहरूलाई विवरण सहित सात दिनभित्र विभागमा सम्पर्क गर्न निर्देशन दिएको छ ।
विभागले कस्मेटिक, फुड्स सप्लिमेन्ट तथा न्यूट्रास्युटिकल वस्तुहरूमा अनुचित व्यापारिक क्रियाकलाप गरिरहेको भन्ने गुनासो आएकाले सम्पूर्ण कागजात सहित उपस्थित हुन सूचना जारी गरेको छ ।
व्यवसाय दर्ता, पान/भ्याट/कर चुक्ता प्रमाणपत्र,एक्जिम सर्टिफिकेट, उत्पादक कम्पनीको दर्ता/वस्तु उत्पादन इजाजत, प्रज्ञापन, वस्तुको एनालाइसिस रिपोर्ट, ट्रेडमार्क, उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ बमोजिमको लेबल नमुनासमेत लिई विभागमा उपस्थित हुन निर्देश गरेको छ ।
यस विभागमा प्राप्त उजुरी र गुनासोमा कस्मेटिक, फुड सप्लिमेन्ट तथा न्यूट्रास्युटिकल वस्तुहरू कसैले अनुचित व्यापारिक व्यवसायजन्य क्रियाकलाप गरिरहेको, बजारमा एकाधिकार कायम गरी अन्य कुनै तरिकाबाट वस्तु सेवाको मूल्य, कमसल वस्तु पैठारी वा बिक्री वितरण भई रहेको भन्ने गुनासो प्राप्त भएको हुँदा कम्पनी/उद्योगलाई सम्पूर्ण विवरण सहित सात दिन भित्र उपस्थित हुन सूचना जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण
-
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी
-
फरक मत व्यवस्थापन गर्न नसक्दा माओवादीमा शृङ्खलाबद्ध टुटफुट
-
कुलेखानी तेस्रो जलविद्युत आयोजनाको युनिटमा समस्या