स्पेन र पोर्चुगलका धेरैजसो भागमा विद्युत् आपूर्ति बन्द, रेल र हवाई यात्रा अवरुद्ध
सोमबार, १५ वैशाख २०८२, १९ : ५०
काठमाडौँ । स्पेनको विद्युत् कम्पनी रेड इलेक्ट्रिकाले देशभर बिजुली आपूर्ति बन्द भएको बताएको छ । उनीहरू बिजुली पुनस्र्थापित गर्ने र ब्ल्याकआउटको कारण बुझ्ने प्रयास गरिरहेको बताएका हुन् ।
कम्पनीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेको छ, “समस्या छिटो समाधान गर्न सबै स्रोतहरू प्रयोग गरिँदैछ।“ समाचार एजेन्सी रोयटर्सका अनुसार बिजुली कटौतीका कारण पोर्चुगलको अवस्था पनि खराब छ। ट्राफिक लाइटहरूले काम गर्न छोडेका छन्, लिस्बन र पोर्टो सहरहरूमा मेट्रो सेवाहरू रोकिएका छन् र रेलहरू चलिरहेका छैनन् ।
यसका साथै स्पेनमा आयोजना हुने मड्रिड ओपन टेनिस प्रतियोगिता पनि बिजुली कटौतीका कारण रोकिएको छ । पोर्चुगिज एयरलाइन्स ट्याप एयरले अर्को सूचना नआएसम्म यात्रुहरूलाई विमानस्थल नजान अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण