बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

सन् २०२८ सिजनबाट आईपीएलमा खेल सङ्ख्या बढाएर ९४ पुर्‍याउने योजना

सोमबार, १५ वैशाख २०८२, २० : २३
सोमबार, १५ वैशाख २०८२

काठमाडौँ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) को २०२८ सिजनबाट खेलको संख्या ७४ बाट बढाएर ९४ बनाउने विचार गरिरहेको छ। यद्यपि, लिगमा नयाँ फ्रेन्चाइजी ल्याउने कुनै योजना भने छैन ।

यसअघि सन् २०२५ मा पनि ८४ खेल गर्ने योजना थियो, तर प्रतियोगिताको विन्डो र अन्तर्राष्ट्रिय क्यालेन्डर वरिपरि तालिकाको अवरोधका कारण प्रतियोगिता ७४ खेलमा सीमित गर्नुपर्‍यो ।

आईपीएलका अध्यक्ष अरुण धुमलले ईएसपीएनलाई बताएअनुसार बीसीसीआईले २०२८ मा हुने अर्को मिडिया–राइट चक्रबाट ९४ खेलको प्रतियोगिता आयोजना गर्ने योजना बनाइरहेको छ । उनले भने, ‘हामी यसबारे आईसीसीसँग छलफल गरिरहेका छौँ। हामीले यसबारे बीसीसीआईसँग पनि कुरा गरेका छौँ ।’ 

बीसीसीआई अध्यक्षले भने, ‘आदर्श रूपमा हामी ठुलो विन्डो चाहन्छौँ ताकि प्रत्येक टोलीले घरेलु र बाहिरी मैदानमा विपक्षी टोली विरुद्ध खेल्ने मौका पाओस्। यसको लागि तपाईंलाई कम्तीमा ९४ वटा म्याचहरू चाहिन्छ ।’ 

टोलीको संख्या बढाउने बारेमा धुमलले भने, ‘हाल १० टोलीको संख्या राम्रो छ। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको प्रतियोगितामा उत्कृष्ट खेल हुनु र मानिसहरूको चासो हुनु हो ।’

सन् २०२२ देखि आईपीएलमा ७४ खेलको ढाँचा चलिरहेको छ, जसमा टोलीहरूले घरमा ७ खेल र अन्य टोलीहरूको मैदानमा ७ खेल खेल्न पाउँछन् । सन् २०२८ देखि, घर र बाहिर ९–९ खेल खेल्ने ढाँचा सुरु गर्न सकिने धुमलको भनाई छ । 

सन् २०२२ देखि २ नयाँ टोली गुजरात टाइटन्स र लखनउ सुपर जायन्ट्सले आईपीएलमा खेल्न थालेका हुन् । सन् २००८ मा भएको प्रतियोगिताको पहिलो दुई सिजनमा ५९/५९ खेलहरू समावेश थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप