जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड
कैलाली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सञ्चालन गरेको तराई–मधेस जागरण अभियानले जनतामा आशा जागेको बताएका छन् ।
अभियानको क्रममा पार्टीको जिल्ला समन्वय समिति कैलालीले आज कैलारी गाउँपालिका–७ वैसपुरमा आयोजना गरेको खबरदारी सभामा उनले यस्तो बताएका हुन् ।
अध्यक्ष दाहालले भने,“अभियानका क्रममा हामीले जनताका दुःख, सुखका कुरा सुन्यौँ । उत्पीडित वर्ग समुदायका समस्या उहाँहरूकै बीचमा रहेर सुन्दा नयाँ उत्साह, आशा र भरोसा बढेको पाएका छौँ ।”
उनले जनतासँगको सम्बन्ध सुदृढ नहुँदा पार्टी कमजोर हुँदै गएको भन्दै त्यही सम्बन्धलाई सुदृढ बनाउन जागरण अभियान सुरु गरिएको बताए ।
अध्यक्ष दाहालले सहिद, बेपत्ता, घाइते, अपाङ्गता भएका व्यक्तिका परिवारसँगको सम्बन्ध घनिष्ट र सुदृढ बनाएर नजानु विगतमा पार्टीको कमजोरी भएका र यसलाई सुधार्दै जाने प्रतिबद्धता व्यक्त गरे । उनले भने,“किसान, मजदुर, महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारुलगायत समुदायको सम्बन्धलाई बलियो बनाउँदै जाने कुरामा कमी हुनु नै हाम्रो कमजोरीको मुख्य कारण हो भन्ने निष्कर्ष निकालेपछि जागरण अभियान सुरु गरेका हौँ ।”
जनताको त्याग र बलिदानीबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै अध्यक्ष दाहालले फेरि षडयन्त्र भइरहेको र त्यसलाई परास्त गर्न जनताको तागत आवश्यक हुने बताए ।
गत फागुन १२ गते झापाबाट सुरु भएको हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान बुधबार कञ्चनपुरमा समापन हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
-
प्रस्तोता एस्ले केनका महिलाविरोधी अभिव्यक्ति, बीबीसी पनि तानियो विवादमा
-
नेपालमा मनसुन आगमनमा ढिलाइ: ‘एल–निनो’का कारण कम वर्षा र उच्च तापक्रमको जोखिम
-
पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
-
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण