च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा पीएसजी विजयी, आर्सनल पर्यो दबाबमा
बुधबार, १७ वैशाख २०८२, ०५ : ०९
काठमाडौं । च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजीले इंग्लिश क्लब आर्सनललाई हराएको छ । इमिरेट्स स्टेडियममा भएको पहिलो लेगमा पीएसजी १-० ले विजयी भएको हो । पाहुना टोलीलाई जिताउन उस्मान डेम्बलेले निर्णायक गोल गरे ।
डेम्बलेले चौथो मिनेटमा गरेको गोल निर्णायक बनेको हो । ४७ औं मिनेटमा आर्सनलका मिकेल मेरिनोले लेगको प्रहारलाई भीएआरले मान्यता दिएन । त्यसपछि दुबै टोलीबाट कुनै गोल हुन सकेन ।
यो हारसँगै म्युनिखमा हुने फाइनलमा पुग्न आर्सनलाई ठूलो चुनौति थपिएको रुपमा विष्लेषण हुन थालेको छ । र, आउँदो बुधबार पेरिसमा हुने दोस्रो लेगका लागि आर्सनल पहिल्यै दबाबमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण