ट्रम्पले मार्क कार्नीलाई दिए जितको बधाई
ओटावा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई बधाई दिएका छन् । आम चुनावमा कार्नीको पार्टीले विजय हासिल गरेपछि ट्रम्पले उनलाई बधाई दिएका हुन् ।
‘प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाका राष्ट्रपति डोनाल्ड जे. ट्रम्पसँग कुरा गरे,’ क्यानेडाली प्रधानमन्त्रीको आधिकारिक एक्स खाताले पोस्ट गरेको छ । विज्ञप्ति अनुसार दुवै नेताहरू निकट भविष्यमा भेट्न सहमत भएका छन् ।
‘क्यानडा र अमेरिकाले आफ्नो पारस्परिक हितका लागि स्वतन्त्र, सार्वभौम राष्ट्रहरूको रूपमा मिलेर काम गर्नुको महत्त्वमा दुई नेताहरूले सहमति जनाएका छन् । यस उद्देश्यका लागि, दुई नेताहरू निकट भविष्यमा व्यक्तिगत रूपमा भेट्न सहमत भएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।
क्यानडामा सोमबार आम चुनावको लागि मतदान भएको थियो । यस चुनावमा ३४३ सिटमध्ये कार्नीको नेतृत्वमा क्यानडाको लिबरल पार्टीले १६९ सिट जितेको थियो । कन्जर्भेटिभ पार्टीले १४४ सिट जितेको छ । बहुमतको सरकारका लागि लिबरल पार्टीलाई १७२ सिट चाहिन्थ्यो ।
आफ्नो पार्टीको जित लगत्तै, कार्नीले ट्रम्पलाई निशाना बनाएका थिए । ‘राष्ट्रपति ट्रम्प हामीलाई तोड्न खोजिरहेका छन् ताकि अमेरिकाले हामीमाथि आफ्नो प्रभुत्व स्थापित गर्न सकोस्, तर यो कहिल्यै हुनेछैन’ उनले भनेका थिए ।
ट्रम्पले क्यानडालाई निरन्तर व्यापार युद्धको धम्की दिइरहेका छन् । उनले बारम्बार क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउने कुरा पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
-
प्रस्तोता एस्ले केनका महिलाविरोधी अभिव्यक्ति, बीबीसी पनि तानियो विवादमा
-
नेपालमा मनसुन आगमनमा ढिलाइ: ‘एल–निनो’का कारण कम वर्षा र उच्च तापक्रमको जोखिम
-
पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
-
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण