जनमत र नागरिक उन्मुक्तिको एकता घोषणासभामा खुलेन प्रज्ञाको ढोका, तस्बिरहरु

काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा प्राविधिक समस्या देखिएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा भवनको हल बुकिङमा कमजोरी हुन सहभागीहरूले प्रवेश नै नपाएका हुन् ।
आयोजकले हल बुकिङको प्रक्रिया पूरा नगरी त्यहाँ पुग्दा सहभागीहरूका लागि हलको ढोका नै नखुलेको हो । यो समाचार तयार गर्दासम्म हल प्रवेश गर्ने ढोका नखुल्दा सहभागीहरू बाहिरै भएका छन् । प्रज्ञा स्रोतका अनुसार आयोजकले हल प्रयोग गर्ने भनेर मौखिक जानकारी गराएपनि भाडा तिर्नेलगायका प्रक्रिया पूरा नगर्दा ढोका खुला नगरिएको हो ।
जनमत पार्टीका प्रवक्ता शरतसिंह यादवले हल बुकिङको प्रक्रिया पूरा गर्न केही प्राविधिक कमजोरी भएको स्वीकारे । उनले पर्यटन राज्यमन्त्री अरुण चौधरीले बुकिङको जिम्मा लिएको बताउँदै केही कमजोरी भएपनि अब छिट्टै प्रक्रिया पूरा गरेर सोही हलमा कार्यक्रम गरिने बताए । हल बुकिङमा समस्या हुँदा ११ बजे हुने भनिएको घोषणा सभा सुरु हुन ढिलाइ भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलथल जङ्गलमा भेटियो दुर्लभ कछुवा
-
सुदूरपश्चिम प्रदेशको बजेट: फेरि पनि कर्मकाण्डमै सीमित
-
इरान–इजरायल द्वन्द्वमा अमेरिका सामेल हुनसक्छ : ट्रम्प
-
अहमदावाद विमान दुर्घटना : दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो
-
झाडापखाला, ज्वरो र सर्पदंशले भरिए अस्पतालका आकस्मिक कक्ष
-
कोशी प्रदेशः बजेट वक्तव्यमा दुई थरी दाबी, कुन पत्याउने ?