जनमत र नागरिक उन्मुक्तिको एकता घोषणासभामा खुलेन प्रज्ञाको ढोका, तस्बिरहरु
काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा प्राविधिक समस्या देखिएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा भवनको हल बुकिङमा कमजोरी हुन सहभागीहरूले प्रवेश नै नपाएका हुन् ।
आयोजकले हल बुकिङको प्रक्रिया पूरा नगरी त्यहाँ पुग्दा सहभागीहरूका लागि हलको ढोका नै नखुलेको हो । यो समाचार तयार गर्दासम्म हल प्रवेश गर्ने ढोका नखुल्दा सहभागीहरू बाहिरै भएका छन् । प्रज्ञा स्रोतका अनुसार आयोजकले हल प्रयोग गर्ने भनेर मौखिक जानकारी गराएपनि भाडा तिर्नेलगायका प्रक्रिया पूरा नगर्दा ढोका खुला नगरिएको हो ।
_vo3WIM1RKC.jpg)
जनमत पार्टीका प्रवक्ता शरतसिंह यादवले हल बुकिङको प्रक्रिया पूरा गर्न केही प्राविधिक कमजोरी भएको स्वीकारे । उनले पर्यटन राज्यमन्त्री अरुण चौधरीले बुकिङको जिम्मा लिएको बताउँदै केही कमजोरी भएपनि अब छिट्टै प्रक्रिया पूरा गरेर सोही हलमा कार्यक्रम गरिने बताए । हल बुकिङमा समस्या हुँदा ११ बजे हुने भनिएको घोषणा सभा सुरु हुन ढिलाइ भएको छ ।
_uByaBHsKK3.jpg)
_oAxJqARQHr.jpg)
_5nNWYnBmLw.jpg)
_oBbIWedVEn.jpg)
_KX3BvpWlPY.jpg)
_YSnxyVhBWz.jpg)
_E1o3adn8Bf.jpg)
_mlXpdOLwFS.jpg)
_vmY6vV2FCo.jpg)
_TRC1RLI4H4.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो युद्धका लागि अमेरिकाभन्दा बलियो अवस्थामा इरान
-
सार्क पुनर्जीवनका लागि माल्दिभ्सको पहल
-
सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो
-
प्रारम्भिक अनुसन्धानपछि प्रहरीले भन्यो– घरायसी विवादकै कारण ज्योतिले आत्मदाह गरेको देखिन्छ
-
रुस–युक्रेनबीच भीषण आक्रमण जारी, १० जनाको मृत्यु
-
सुनसरीको घटना छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण