६ खेलको प्रतिबन्धमा परे रियल म्याड्रिडका एन्टोनियो रुडिगर
काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिडका प्रभावशाली डिफेन्डर एन्टोनियो रुडिगरमाथि ६ खेलको प्रतिबन्ध लगाइएको छ । कोपा डेल रेको फाइनल खेलका क्रममा रेफ्रीमाथि दुर्व्यवहार गरेको आरोपमा उनी प्रतिबन्धमा परेका हुन् ।
कोपा डेल रेको फाइनलमा रियल म्याड्रिड चिर प्रतिद्वन्द्वी बार्सिलोनासँग पराजित भएको थियो । फाइनल खेलको अन्त्यतिर रियलका डिफेन्डर रुडिगरले रेफ्रीलाई बरफको टुक्राले हिर्काएका थिए । सोही आरोपमा उनीमाथि ६ खेलको प्रतिबन्ध लगाइएको हो ।
३२ वर्षीय रुडिगरले खेल सकिनुभन्दा ठिकअघि रेफ्री रिकार्डो डे बर्गसलाई टाढैबाट बरफको टुक्राले प्रहार गरेका थिए । त्यसपछि उनलाई रातो कार्ड देखाउँदै मैदानबाट बाहिर निकालिएको थियो ।
स्पेन फुटबल महासंघको अनुशासन समितिले उक्त घटनालाई रेफ्रीमाथि गरिएको सामान्य दुर्व्यवहार सूचीमा राख्दै जर्मन खेलाडी रुडिगरमाथि ६ खेलको मात्र प्रतिबन्ध लगाइएको जनाएको छ ।
यदि, रुडिगरको अस्वाभाविक व्यहार नियम १०४ को विपरित देखिएको भए उनीमाथि तीनदेखि ६ महिनासम्मको प्रतिबन्ध लाग्न सक्ने अवस्था थियो । प्रतिबन्धमा परेपछि रुडिगरले अब स्पेनिस लिगको ६ वटा खेल गुमाउने छन् ।
यो सिजन रियल म्याड्रिडले स्पेनिस ला लिगामा ६ खेल खेल्न बाँकी नरहेकाले रुडिगरको प्रतिबन्ध अर्को सिजनको ला लिगासम्म लम्बिने समाचारमा जनाइएको छ ।
यसको अर्थ, रुडिगरले जारी सिजनको ला लिगाको पाँच र सन् २०२५–२६ सिजनको ला लिगाको पहिलो खेल गुमाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
-
प्रस्तोता एस्ले केनका महिलाविरोधी अभिव्यक्ति, बीबीसी पनि तानियो विवादमा
-
नेपालमा मनसुन आगमनमा ढिलाइ: ‘एल–निनो’का कारण कम वर्षा र उच्च तापक्रमको जोखिम
-
पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
-
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण