‘मधेसी र थारु नमिलुन् भनेर रेशमलाई पक्राउ गरियो’
काठमाडौँ । जनमत पार्टीका प्रवक्ता शरद यादवले पहिचानवादी शक्तिहरूको एकता रोक्नका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको आरोप लगाएका छन् ।
चौधरीलाई बुधबार जनमत पार्टीसँगको एकता कार्यक्रमको ठिक अघि उनलाई पक्राउ गरिएको हो । चौधरी पार्टी एकता कार्यक्रममा सहभागी हुन काठमाडौँस्थित प्रज्ञा भवन पुगेका थिए । उनलाई सादा पोसाकका प्रहरीहरूले पक्राउ गरेर डिल्लीबजार कारागार लगिएको छ ।
प्रवक्ता यादवले भने, ‘हामी कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने बारेमा छलफलमा थियौँ । हामीले पनि गिरफ्तार गरेको भन्नेबारे सुनेका हौँ । किन लिएर गएका हो केही थाहा छैन ।’
_uT6AQ4oYq6.jpg)
उनले थपे, ‘कुनै जानकारी नदिई संरक्षकज्यूलाई पक्राउ गरेर एकीकरण हुन नदिनलाई यो काम गरियो । थारु मधेसी एक ठाउँमा नआओस्, पहिचानवादी शक्तिहरू एक ठाउँमा नआओस् भनेर सन्देश गएको छ ।’
उनले अब दुई पार्टीका नेताहरू बसेर कसरी अगाडि बढ्ने भनेर छलफल गरिने जानकारी दिए । हाललाई आज तय गरिएको एकताको प्रक्रिया स्थगित गरिएको यादवले बताए ।
यता, जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको जानकारी दिएका छन् । ‘पहिलेको मुद्दामा कैद भुक्तान हुन बाँकी रहेको थियो । सर्वोच्च अदालतको आदेश अनुसार चौधरीलाई पक्राउ गरेका हौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण