समीरकाे जन्मदिन पारेर ‘बलिदान’ ले ल्यायो एक्सनपूर्ण प्रि–टिजर
काठमाडौँ । आगामी दसैँमा प्रदर्शन तयारीमा रहेकाे फिल्म ‘बलिदान’को प्रि–टिजर सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य अभिनेता समीर भट्टको आज (बुधबार) परेको जन्मदिनको अवसर पारेर टिजर ल्याइएको हो ।
प्रि–टिजरमा अभिनेता भट्ट दमदार एक्सन दृश्यसहित प्रस्तुत भएका छन् । जहाँ देशभक्तिपूर्ण भावनाले भरिएको न्यारेशन सुन्न सकिन्छ । ‘देशको चिन्ता । माटोले खोज्दै छ जसलाई, जन्माइन आमाले उसलाई । रगत उम्लियो जसको । आमाको पिर, यो देशको शिर, कहिल्यै झुक्न नदिने सपुत हुँ म’ टिजरमा भनिएको छ ।
समीरको आक्रोशपूर्ण चिच्याहटले दृश्यलाई अझ प्रभावशाली बनाएको छ । फिल्म सन्तोष सेनले निर्देशन गरेका हुन् । फिल्ममा समीरका अलवा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतका कलाकारको अभिनय छ ।
‘आसुसेन फिल्म्स् प्रा.लिको प्रस्तुति रहेको फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण