परेवा उडाएर ‘बिगुल’ को शुभ–मुहूर्त
काठमाडौँ । फिल्म ‘बिगुल’ काे शुभ–मुहूर्त गरिएको छ । बुधबार अक्षय तृतीयाको शुभ अवसर पारेर कोटेश्वर महादेवस्थान मन्दिरमा परेवा उडाएर फिल्मको शुभ–मुहूर्त गरिएको हो ।
रमेश कोइरालाको निर्देशन रहने फिल्म वैशाख तेस्रो साताबाट छायाङ्कनमा निस्कनेछ । फिल्मको मुहूर्त सट अभिनेता नरेन खड्का र अभिनेत्री बेनिशा हमालले दिए । विकास बाेर्डका पूर्व सदस्य राजेन्द्र केसी, निर्देशक प्रदिप श्रेष्ठ, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्देशक सुचित्रा श्रेष्ठलगायत सहभागी कार्यक्रममा अभिनेत्री बेनिशाले स्वतन्त्रता र शान्तिको प्रतिक स्वरूप एक जोडी परेवा उडाइएकी थिइन् ।
दिनेश कोइरालाको कथा, मौनता श्रेष्ठको पटकथा,संवाद रहेको फिल्ममा शिव ढकालको छायाङ्कन रहनेछ । कल्पना पौडेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा महेश कोइराला र सूर्यकान्त कोइराला हुन् ।
म्याग्नोलिया ग्रुपको ब्यानरमा रहेको फिल्ममा नरेन र बेनीशाका साथमा नीर शाह, रमेश बुढाथोकी, गीता अधिकारी, हेमन्त बुढाथोकी, जेएन घिमिरे, सुमोद भारद्वाज, बिनयराज पौडेल, सुपा खनाल, बबि भारती, तुलसी लम्साल, जयन्त रेग्मी, विकास अधिकारीका साथमा बाल कलाकार श्रेयान्सी थपलियाले अभिनय गर्दै छन् ।
फिल्ममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईको सङ्गीत छ । कविराज गहतराजको कोरियोग्राफी फिल्ममा रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण