रुस नजाने भए मोदी
नयाँ दिल्ली । जम्मू कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलालाई लिएर भारत र पाकिस्तानबिच तनाव बढ्दै गएको छ। यसैबिच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो रुस भ्रमण स्थगित गरेको खबर आइरहेको छ। प्रधानमन्त्री मे ९ मा मस्कोमा हुने विजय दिवस परेडमा सहभागी हुने छैनन् । मोदीलाई रुसले विजय दिवस परेडमा आमन्त्रित गरेको थियो।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बुधबार भने कि प्रधानमन्त्री मोदी अर्को महिना मस्कोमा आयोजना हुने विजय दिवसको ८० औँ वार्षिकोत्सव समारोहमा भाग लिने छैनन् । स्थानीय मिडिया रिपोर्टका अनुसार मे ९ मा हुने कार्यक्रममा भारतीय रक्षामन्त्री राजनाथ सिंहले प्रधानमन्त्री मोदीको स्थान लिन सक्छन्।
मोदी बाहेक राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पनि विजय दिवस समारोहमा भाग लिन र रेड स्क्वायरमा विजय परेड हेर्न आमन्त्रित गरेका थिए । सीले कार्यक्रममा उपस्थित हुने पुष्टि गरेका छन् । मस्कोमा करिब २० विदेशी नेताहरूलाई स्वागत गर्ने तयारी भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण