'सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्छ'
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले अहिलेसम्म सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्नेसहित ज्ञापन पत्र प्रधानमन्त्रीलाई बुझाएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा समाजवादीले सुशासन र रोजगारी, समाजवादको तयारी नाराका साथ पार्टी तयार गरेको प्रस्तावलाई ज्ञापनपत्रका रूपमा प्रधानमन्त्री केपी ओलीलाई बुझाएको हो ।
विषय विज्ञहरूबिच प्रतिस्पर्धाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन गठन हुने व्यवस्था गर्नेपर्ने, भ्रष्टाचारसम्बन्धी विषय आकर्षित हुने अवस्थामा तीनै तहका सरकारका नीतिगत निर्णयको परिक्षण हुने व्यवस्था हुनुपर्ने समाजवादीको सुझाव छ ।
त्यस्तै संसदमा बहुमत हुने दलको नेता प्रधानमन्त्री हुने तर विधायकहरू मन्त्री हुन नपाउने गरी संवैधानिक व्यवस्था गर्नुपर्ने, सबै आर्थिक कारोबार डिजिटल माध्यमबाट गर्ने व्यवस्था लागु गर्नुपर्ने समेत सो पार्टीको सुझाव छ ।
समाजवादीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख प्रकाश ज्वालाले मुलुकको आर्थिक, सामाजिक क्षेत्रको सुधारका लागि नीति तथा कार्यक्रममा समेट्नुपर्नेलगायत विषय समेत समावेश गरेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको जानकारी दिए । पार्टी अलग भइसकेपछि पहिलो पटक सौहार्द ढंगले छलफल भएको उनले बताए ।
उनले ज्ञापन पत्रमा रहेका विषयहरूलाई नीति तथा कार्यक्रममा समावेश गर्न पहल गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गरेका पनि उल्लेख गरे । ज्वालाले प्रतिगामी शक्तिहरूको चलखेलविरुद्ध पनि सँगै बढ्ने विषयमा पनि छलफल भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण