संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष र शिक्षा समिति सभापतिबीच चर्काचर्की
काठमाडाैँ । सिंहदरबारमा शिक्षक र सरकारबिचको वार्ता जारी छ । दिउँसो ३ बजेदेखि सुरू भएको बैठक अझै सकिएको छैन ।बैठकमा नेपाल शिक्षक महासंघले अघि सारेका ९ बुदे प्रस्तावमा सहमति खोज्ने प्रयास भइरहेको छ । अधिकांश विषयमा सहमति जुटेको छ ।
तर, विद्यालय शिक्षा ऐनमा जारी हुने यकिन समय तोकिनुपर्ने माग शिक्षकहरूको छ । त्यहि विषयमा सहमति जुट्न बाँकी छ ।शिक्षा समितिमा छलफल भईरहेका बेला संसद्का शिक्षा समिति सभापति र नीजि विद्यालय शिक्षक युनियनका अध्यक्ष होम कुमार थापाबिच चर्काचर्की भएको छ ।
संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) अध्यक्ष थापाले नीजि विद्यालयका शिक्षकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्धताको सुनिश्चितता गर्नुपर्ने बताएका थिए ।
ऐनमा नै नीजि विद्यालयका शिक्षकहरूको सामाजिक सुरक्षा कोषमा आबद्धता सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो । त्यही बेला शिक्षा समिति सभापति अम्मर बहादुर थापाले प्रतिबाद गरे। उनले आफुले ऐनमा राख्नुपर्ने विषयमा काम गरिरहेको बताएका थिए ।
उनले गुठीका जान नमानेको भन्दै थापाको भनाइमा प्रतिवाद गरेका थिए । अध्यक्ष थापाले नेपाल शिक्षक महासंघले आफ्ना मागहरू सम्बोधन गर्न नखोजेको भन्दै महासंघप्रति समेत आक्रोश व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
-
प्रस्तोता एस्ले केनका महिलाविरोधी अभिव्यक्ति, बीबीसी पनि तानियो विवादमा
-
नेपालमा मनसुन आगमनमा ढिलाइ: ‘एल–निनो’का कारण कम वर्षा र उच्च तापक्रमको जोखिम
-
पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
-
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण