संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष र शिक्षा समिति सभापतिबीच चर्काचर्की

काठमाडाैँ । सिंहदरबारमा शिक्षक र सरकारबिचको वार्ता जारी छ । दिउँसो ३ बजेदेखि सुरू भएको बैठक अझै सकिएको छैन ।बैठकमा नेपाल शिक्षक महासंघले अघि सारेका ९ बुदे प्रस्तावमा सहमति खोज्ने प्रयास भइरहेको छ । अधिकांश विषयमा सहमति जुटेको छ ।
तर, विद्यालय शिक्षा ऐनमा जारी हुने यकिन समय तोकिनुपर्ने माग शिक्षकहरूको छ । त्यहि विषयमा सहमति जुट्न बाँकी छ ।शिक्षा समितिमा छलफल भईरहेका बेला संसद्का शिक्षा समिति सभापति र नीजि विद्यालय शिक्षक युनियनका अध्यक्ष होम कुमार थापाबिच चर्काचर्की भएको छ ।
संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) अध्यक्ष थापाले नीजि विद्यालयका शिक्षकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्धताको सुनिश्चितता गर्नुपर्ने बताएका थिए ।
ऐनमा नै नीजि विद्यालयका शिक्षकहरूको सामाजिक सुरक्षा कोषमा आबद्धता सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो । त्यही बेला शिक्षा समिति सभापति अम्मर बहादुर थापाले प्रतिबाद गरे। उनले आफुले ऐनमा राख्नुपर्ने विषयमा काम गरिरहेको बताएका थिए ।
उनले गुठीका जान नमानेको भन्दै थापाको भनाइमा प्रतिवाद गरेका थिए । अध्यक्ष थापाले नेपाल शिक्षक महासंघले आफ्ना मागहरू सम्बोधन गर्न नखोजेको भन्दै महासंघप्रति समेत आक्रोश व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त लोकतान्त्रिक मोर्चाको सचिवालय गठन
-
अब तलमाथि हुँदैन, दुई/चार दिनमै नयाँ गभर्नर पाउँछौँ : सञ्चारमन्त्री
-
काठमाडौँमा बृहत् कार्यक्रम गर्ने संयुक्त लोकतान्त्रिक मोर्चाको निर्णय
-
लोकतान्त्रिक मोर्चाले काठमाडौंमा बृहत कार्यक्रम गर्ने
-
आईपीएलको बाँकी खेल खेल्न हेजलउड फर्कने भएपछि बेंगलुरु उत्साही
-
मलेसिया रोजगारमा सिण्डिकेट लागू गर्न खोजिएको भन्दै व्यवसायीहरूले थाले विरोध