राष्ट्रपतिसमक्ष पाँच राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
बुधबार, १७ वैशाख २०८२, २२ : १२
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न पाँच देशका नवनियुक्त गैरआवासीय राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा गणतन्त्र बेलारूसका गैरआवासीय राजदूत मिखाइल कास्को, जर्जियाका गैरआवासीय राजदूत बख्ताङ, गणतन्त्र मालीका गैरआवासीय राजदूत ब्रिगेडर जनरल फेलिक्स
दिएल्लो, कुवेत अधिराज्यका गैरआवासीय राजदूत मेसल मुस्तफा जे अल्सेमाली र गणतन्त्र अर्मेनियाका गैरआवासीय राजदूत बहगन अफयानले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।
नवनियुक्त राजदूतलाई काठमाडौँस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो । समारोहमा परराष्ट्र मन्त्री डा आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण