च्याम्पियन्स लिग : बार्सिलोना र इन्टर मिलानबीच कडा टक्कर
बिहीबार, १८ वैशाख २०८२, ०५ : ४३
काठमाडौं । च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा स्पेनको बार्सिलोना र इटालिको इन्टर मिलानबीच कडा टक्कर परेको छ । दुबैले ३-३ को बराबरी खेले ।
बार्सिलोनाका लागि युवा अग्रपंक्ति लेमिन यामलले पहिलो गोल गरे । उनले विश्वको ध्यान आफुतिर खिचे । यस्तै, फेरान टोरेसले अर्को गोल गर्दा एक गोल आत्मघाती उपहार पायो ।
इन्टका लागि डेनेजेल डमफ्रीजले दुई गोल गर्दा मार्कस थुरमले एक गोल गरे । यी दुईबीचको अर्को खेल आउँदो साता सान सिरोमा हुनेछ । इन्टर तीन सिजनमा दोस्रो पटक च्याम्पियन्स लिगको फाइनल पुग्ने प्रयासमा छ ।
सन् २०२३ को फाइनलमा इन्टर म्यानचेस्टर सिटीसँग हारेको थियो । यसअघि, फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजीले इंग्लिश क्लब आर्सनललाई १-० ले पछि पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण