च्याम्पियन्स लिग : बार्सिलोना र इन्टर मिलानबीच कडा टक्कर
बिहीबार, १८ वैशाख २०८२, ०५ : ४३

काठमाडौं । च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा स्पेनको बार्सिलोना र इटालिको इन्टर मिलानबीच कडा टक्कर परेको छ । दुबैले ३-३ को बराबरी खेले ।
बार्सिलोनाका लागि युवा अग्रपंक्ति लेमिन यामलले पहिलो गोल गरे । उनले विश्वको ध्यान आफुतिर खिचे । यस्तै, फेरान टोरेसले अर्को गोल गर्दा एक गोल आत्मघाती उपहार पायो ।
इन्टका लागि डेनेजेल डमफ्रीजले दुई गोल गर्दा मार्कस थुरमले एक गोल गरे । यी दुईबीचको अर्को खेल आउँदो साता सान सिरोमा हुनेछ । इन्टर तीन सिजनमा दोस्रो पटक च्याम्पियन्स लिगको फाइनल पुग्ने प्रयासमा छ ।
सन् २०२३ को फाइनलमा इन्टर म्यानचेस्टर सिटीसँग हारेको थियो । यसअघि, फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजीले इंग्लिश क्लब आर्सनललाई १-० ले पछि पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रममा गर्न सकिने कुराहरू लेखिएको छ, यो सान्दर्भिक छ : प्रमुख सचेतक न्यौपाने
-
उदयपुरमा स्कुल बस दुर्घटना, २० जना घाइते
-
नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छैन : स्वास्थ्यमन्त्री पौडेल
-
बागमतीको पर्यटन विकास आयोजना र कार्यालय खारेज
-
पुरानै नीति तथा कार्यक्रमलाई रि–प्याकेजिङ गरियो : सांसद पौडेल
-
शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुर्व्यवहार, मिलापत्र गर्न स्कुलले दबाब दिएको आरोप