शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय

समितिमा बिचौलियाको प्रवेश छ भनेर मैले भन्न मिल्दैन : हृदयराम थानी

बिहीबार, १८ वैशाख २०८२

काठमाडौँ । सुर्खेत क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हृदयराम थानी अहिले संसद्को शक्तिशालीमध्येकै एक राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य हुन् । थानी २०५८ देखि २०५९ र २०६० सालमा गरी दुई पटक यही समितिको सभापति थिए ।

२०४१ सालमा स्वतन्त्र विद्यार्थी युनियन, शंकरदेव क्याम्पसको सभापति भएका थानी नेविसंघको उपाध्यक्षसमेत भएका थिए ।

कांग्रेसको १३ औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित थानीको राजनीतिक यात्रा संघर्षपूर्ण छ । उनले पटक–पटक जेल जीवन बिताए । थानीको संसदीय राजनीति भने २०५६ सालमा सुर्खेत क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि सुरु भएको हो ।

उनी यसअघि मन्त्रीसमेत भइसकेका छन् । आफैँ उपसमितिको संयोजक भएर बनाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयकको मस्यौदा मूल समितिमा छलफल नभएकोमा थानी आश्चर्यमा परेका छन् । उनी भन्छन्, ‘विधेयक अहिले आईसीयूमा छ । म सभापति भएको भए छलफलमा ल्याउँथेँ ।’

राज्य व्यवस्था समितिमा बिचौलियाको प्रभाव परेको भन्ने आरोपका बारेमा थानी आफूले यसरी भन्न नमिल्ने बताउँछन् ।

त्यसो भए अहिलेका सभापति रामहरि खतिवडाले नै रोकेका हुन् त ? संघीय निजामती विधेयक किन अड्कियो ? राज्य व्यवस्था समितिभित्र बिचौलियाको प्रभाव परेको आरोप के हो ? थानीसँग यस्ता विविध प्रश्नसहित रातोपाटीले कुराकानी गरेको छ । थानीसँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया