करातेका पदक विजेता सन्तोष अमेरिकामा सम्मानित
न्यूयोर्क । अमेरिकामा भएको हिराल्डो सोतोकान सोबुकान अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका रजत पदक विजेता सन्तोष राई सम्मानित भएका छन् ।
च्याम्पियन मार्सल आर्ट्स क्लब युएसए अमेरिकाले युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिकासँगको सहकार्यमा न्यूयोर्कमा सन्तोषलाई सम्मान गरेको हो । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै देशको नाम अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराएको भन्दै दुई संस्थाको संयोजनमा उनलाई सम्मान गरिएको हो । उनी चार हजार चार सय अमेरिकी डलरसहित सम्मानपत्रद्वारा सम्मानित भए ।
सन्तोषलाई च्याम्पियन मार्सल आर्ट्स एकेडेमी र डियन्जङ पुनले समान एक हजार, युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिकाले एक हजार पाँच सय र रुद्र राईले ९ सय अमेरिकी डलर प्रदान गरेका थिए ।
विदेशी भूमिमा मार्सल आर्ट्सको माध्यमबाट नेपाली समुदायको लागि प्रेरणाको श्रोतको रूपमा कराते खेलाडी सन्तोषले योगदान गरेको व्यक्तिहरूको भनाइ थियो ।
च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएका अध्यक्ष समेत रहेका साग एवं एसियन प्यासिफिक कराते प्रतियोगिताका स्वर्ण विजेता सुनिल लामाले उक्त सम्मान कार्यक्रमको अध्यक्षता गरेका थिए । लामाले विशेष गरी डायस्पोरा समुदायभित्र खेलाडीले उत्कृष्ट नतिजा दिइरहेको बताए ।
युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (यायोख्खा) का केन्द्रीय महासचिव मुक्ति राई र निवर्तमान न्यूयार्क च्याप्टरका अध्यक्ष ममता राईको पहलमा नेपालका लागि पदक विजेता सन्तोषको सम्मान कार्यक्रम आयोजना गरिएको हो । न्युयोर्कस्थित कोरोनामा सम्पन्न च्याम्पियनसिपमा सन्तोषले सिनियर एकल कातातर्फ रजत पदक जितेका थिए । फाइनलमा अमेरिकाका कर्नाडोसँग पराजित भएपछि सन्तोष यसपल्ट पनि रजक पदकमा नै सीमित भए । यस वर्ष उनको यो पहिलो पदक पनि हो । गत वर्ष पनि सन्तोषले इङ्ल्यान्डमा सम्पन्न इङ्ल्यान्ड कराते फेडेरेसन ओपन कराते सिरिजमा रजत जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण