सुर्खेतको भेरीगंगामा एक महिलाको शव फेला
आइतबार, २१ वैशाख २०८२, १७ : २३
सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर १२, को झिगंना नजिकै रहेको जङ्गलमा एक महिला मृत भेटिएकी छन् । गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय प्रेमा ओली मृत भेटिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक महेन्द्र जङ्ग बुढाथापाकाअनुसार जङ्गलको खोल्सामा प्रेमाको शव देखेर आइतबार बिहान १० बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
‘गाउँको स्थानीयहरू खजुरी टिप्नका लागि जङ्गल भएका रहेछन् त्यही वेला उनीहरुले शव देखेर प्रहरीलाई खबर गरे,’ उनले भने, ‘बुझ्दै जाँदा शवको पहिचान खुले पनि कारण पत्ता लगाउन सकिएको छैन।’
अनुसन्धानका लागि बाँकेबाट तालिम प्राप्त कुकुर पनि मगाइएको उनले रातोपाटीलाई बताए । घटनाको प्रकृति हेर्दा हत्या गरिएको हुनसक्ने प्रहरीको आशङ्का छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण