ओली र प्रचण्डको भेटवार्तापछि वर्षमानले भने, ‘टीआरसी प्रक्रिया सकारात्मक बढेको पायौँ’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तामा टीआरसीका विषयमा भइरहेको प्रक्रियाबारे छलफल भएको छ ।
सिंहदरवारमा आइतबार साँझ ओली प्रचण्डका साथै माओवादीका उपमहासचिव बर्षमान पुन र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल सहभागी थिए । खरेलले टीआरसी प्रक्रियाका बारेमा भइरहेका काम र प्रगतिबारे दुवै नेतालाई जानकारी गराएको बताए ।
भेटवार्तामा सत्यनिरुपण आयोगका विषयमा छलफल भएको माओवादी नेता वर्षामान पुनले जानकारी दिए । टिआरसीका सम्वन्धमा पीडित पक्ष र विभिन्न सरोकारवालाहरुले उठाएका विषयमा केन्द्रीत भएर दुई नेताबिच छलफल पुनको भनाइ छ ।
‘पीडितहरुले आफ्ना सरोकोकार विषय प्रधानमन्त्री र कांग्रेस सभापतिलाई सुनाएका रहेछन् । भोलि प्रमुख प्रतिपक्षी नेता प्रचण्डसँग भेट्न समय लिनुभएको छ । यही सन्दर्भमा आज भेटघाट भएको हो’, पुनले भने, ‘टीआरसीको विषय सकारात्मकरुपमा नै अघि बढिरहेको हामीले पायौ ।’
सर्वोच्च अदालतका पुर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले सत्य निरुपण र वेपत्ता आयोगका पदाधिकारी छनोेट प्रक्रिया अन्तिम चरणमा पुगेका बेला दुई शीर्ष नेताबिच भेटवार्ता भएको हो ।
द्धन्द्ध पीडित समुदायले सिफारिस समितिमाथि नै प्रश्न उठाएपछि दुई नेता छलफलमा जुटेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण