विद्युत् पोलमा ठोक्किएर मोटरसाइकलसहित झाडीमा बेपत्ता युवकको शव भेटियो
सोमबार, २२ वैशाख २०८२, ११ : ५९

बुटवल । बुटवलको कालिका पथस्थित सडकको बिचमा रहेको विद्युतको हाइटेन्सन पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका– २ स्थित शङ्कर नगरका २० वर्षीय गोपाल टण्डन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिए ।
शनिबार राति लु ४८ प ३१७० नम्बरको मोटरसाइकल विद्युतको पोलमा ठोक्किएर दुर्घटना भई मृत्यु भएको टन्डनको शव भने आज फेला परेको हो ।
पोलमा ठोक्किएर मोटरसाइकल उछिटि्एटर झाडीमा पुगेको थियो । झाडीमा पुगेको टण्डनको शव सोमबार बिहान मात्रै स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालका चाडपर्वले एकताको सन्देश दिएका छन् : सभामुख घिमिरे
-
विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो : अध्यक्ष हादाल
-
हरेक धर्ममा त्यागको ठूलो महत्व हुन्छ : उपराष्ट्रपति
-
स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल