बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय

निलो किताबमा लेखेर मात्रै गणतन्त्र बाँच्दैन : रोशन कार्की

सोमबार, २२ वैशाख २०८२, १४ : ३२
सोमबार, २२ वैशाख २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले निलो किताबमा लेखेर मात्रै गणतन्त्र नबाँच्ने बताएकी छन् । सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कार्कीले सो कुरा बताएकी हुन् । 

नीति तथा कार्यक्रमको निलो किताबको पहिलो बुँदामा नै गणतन्त्रलाई संस्थागत गर्ने र यसका विरुद्धलाई कारबाही गर्ने उल्लेख गरिएको भन्दै निलो किताबमा लेखेर मात्रै गणतन्त्र नबाँच्ने उनले बताइन् ।

उनले आफूहरूको आन्दोलनबाट डराएर सरकारले नीति तथा कार्यक्रममा गणतन्त्रलाई संस्थागत गर्ने उल्लेख गरेकाले यो सरकारको कायरपन भएको तर्क गरिन् । कार्कीले आफ्ना मुद्दाहरूलाई अघि बढाउन खोज्दा नेताहरूलाई हतकडी लगाएकोप्रति आक्रोश व्यक्त गर्दै कार्की गिरिबन्धु टि–इस्टेट र ललिता निवासका भ्रष्टाचारीलाई हतकडी लगाउन चुनौती दिइन् । 

उनले आफू फस्ने डरले सरकारले चैत्र १५ गते भएको घटनाको न्यायिक छानबिन गठन गर्न सरकार तयार नभएको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप