विद्यालय शिक्षा विधेयक: उपसमितिको म्याद १० दिन थप
सोमबार, २२ वैशाख २०८२, १७ : १४

काठमाडौँ । विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित संसदीय उपसमितिको म्याद १० दिन थप गरिएको छ ।
सिंहदरबारमा सोमबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले उपसमितिको प्रस्ताव अनुसार म्याद १० दिन थप गर्ने निर्णय गरेको हो ।
बैठकमा उपसमिति संयोजक छविलाल विश्वकर्माले विद्यालय शिक्षा विधेयकको विभिन्न १५ वटा परिच्छेद र १६३ वटा दफामाथि दफावार छलफल सकिएको जानकारी दिए ।
उनले दफावार छलफल सकिएपनि प्रतिवेदन लेखन र प्रतिवेदन उपर छलफल गरी मस्यौदा तयार गर्ने काम बाँकी रहेकाले १० दिन म्याद थप गर्न प्रस्ताव गरेका थिए ।
समितिले उनको प्रस्तावलाई अनुमोदन गरेको हो । उपसमितिले चैत्र १८ गतेदेखि कार्यप्रारम्भ गरी वैशाख २१ गतेसम्म ३९ वटा बैठक बसेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडाध्यक्षले कर्मचारी कुटेपछि पोखराका कर्मचारीको पेन डाउन
-
मुम्बईका कप्तान हार्दिक पाण्ड्या र गुजरातका प्रशिक्षक आशिष नेहरालाई जरिवाना
-
मिडियाले तल्लो स्तरको भाषा प्रयोग गर्नु हुँदैन : प्रधानमन्त्री
-
गभर्नर नियुक्तिको विषय संसद्मा प्रवेश
-
प्रदीप नेपालको ‘आत्मस्वीकृति’ : मलामी बोलाउने र खुवाउने काम नगरियोस् !
-
अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई पालिकाकाे सम्मान