विद्यालय शिक्षा विधेयक: उपसमितिको म्याद १० दिन थप
सोमबार, २२ वैशाख २०८२, १७ : १४
काठमाडौँ । विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित संसदीय उपसमितिको म्याद १० दिन थप गरिएको छ ।
सिंहदरबारमा सोमबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले उपसमितिको प्रस्ताव अनुसार म्याद १० दिन थप गर्ने निर्णय गरेको हो ।
बैठकमा उपसमिति संयोजक छविलाल विश्वकर्माले विद्यालय शिक्षा विधेयकको विभिन्न १५ वटा परिच्छेद र १६३ वटा दफामाथि दफावार छलफल सकिएको जानकारी दिए ।
उनले दफावार छलफल सकिएपनि प्रतिवेदन लेखन र प्रतिवेदन उपर छलफल गरी मस्यौदा तयार गर्ने काम बाँकी रहेकाले १० दिन म्याद थप गर्न प्रस्ताव गरेका थिए ।
समितिले उनको प्रस्तावलाई अनुमोदन गरेको हो । उपसमितिले चैत्र १८ गतेदेखि कार्यप्रारम्भ गरी वैशाख २१ गतेसम्म ३९ वटा बैठक बसेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण