नेप्से परिसूचकमा सामान्य सुधार, ८ अर्ब ७४ करोडको कारोबार
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक मङ्गलवार एक दशमलव ०३ अङ्कले बढेर दुई हजार ६११ दशमलव ४३ को बिन्दुमा कायम भएको हो ।
आज ३१८ कम्पनीको दुई करोड पाँच लाख ४२ हजार ७६४ कित्ता शेयर ८० हजार ५४ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ७४ करोड ७६ लाख ६८ हजार ८४६ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा जलविद्युत् एक दशमलव ४०, जीवन बीमा शून्य दशमलव १३, उत्पादन तथा प्रशोधन शून्य दशमलव २९, निर्जीवन बीमा समूह शून्य दशमलव ५७ र व्यापार समूह दुई दशमलव ०३ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।
बैङ्किङ शून्य दशमलव ३५, विकास बैङ्क शून्य दशमलव ५०, वित्त एक दशमलव २८, होटल तथा पर्यटन शून्य दशमलव ३३ र लगानी समूह शून्य दशमलव ४१ प्रतिशतले घटेको छ । त्यस्तै, लघुवित्त शून्य दशमलव ३०, म्युचुअल फन्ड शून्य दशमलव १३ र व्यापार समूह एक दशमलव ५८ प्रतिशतले घटेको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावर लिमिटेडको रू ९२ करोड ८९ लाख ६२ हजार ७६६ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको १७ लाख ४७ हजार ५८१ कित्ता शेयर किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण