काठमाडौं महानगरमा विदेशी कुकुर दर्ता गर्न अब २ हजार रुपैयाँ लाग्ने
मङ्गलबार, २३ वैशाख २०८२, १६ : ३८
काठमाडौँ । काठमाडौं महानगरपालिकाले विदेशी प्रजातिका कुकुरलाई दर्ता गर्दा अब दुई हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था लागू गरेको छ।
माइक्रोचिपिङ प्रक्रिया लागू गरिएको यस नयाँ नियम अनुसार विदेशी प्रजातिका कुकुरको पहिचान गराई पश्चात वडा कार्यालयमा दर्ता गर्नु पर्नेछ। महानगरको ३६औं नगर सभाबाट पारित आर्थिक ऐन, २०५१ अनुसार पाना नं. ८१ र ८६ मा उल्लेख भएअनुसार विदेशी कुकुरका लागि यो शुल्क तोकिएको हो।
स्थानीय प्रजातिका कुकुरको हकमा भने निःशुल्क दर्ता व्यवस्था यथावत रहेको जनाइएको छ।
महानगरले २०८१ चैत २० गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै कुकुर तथा बिरालोलाई माइक्रोचिपिङ गराई मात्र पाल्न र विक्री वितरण गर्न आग्रह गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण