काठमाडौँको बौद्धमा २५६९ औँ बुद्ध जयन्तीलाई विशेष बनाइने
काठमाडौँ । काठमाडौँस्थित बौद्धनाथ क्षेत्रविकास समितिले यस वर्षको बुद्ध जयन्ती विशेष कार्यक्रम गरी मनाउने भएको छ । यही वैशाख २९ गते २५ सय ६९ औँ बुद्ध जयन्तीमा विशेष धर्मगुरुहरुको सहभागिता समेत रहने भएकाले यस अघिको नियमित बुद्धजयन्ती भन्दा विशेष र महत्त्वपूर्ण बनाइने समितिले जनाएको छ ।
बुधबार बौद्धनाथ क्षेत्र विकास समितिले पत्रकार सम्मेलन गर्दै बुद्ध जयन्तीको तयारी बारे जानकारी गराएको छ । बुद्ध जयन्तीका लागि ७७ वटा संघ संस्थाहरू समेत सहभागी गराई मूल समारोह समिति गठन गरिएको जानकारी दिइएको छ ।
बुद्ध जयन्तीका अवसरमा मुख्य लामाका रूपमा निधिपति नाम्खा रिम्पोर्छे र क्याब्जे ज्याटुल रिम्पोर्छेको उपस्थिति रहने भएकाले यो पटकको बुद्ध जयन्ती विशेष हुन लागेको बौद्धनाथ क्षेत्रविकास समितिका अध्यक्ष राजकुमार लामाले बताएका छन् ।
उक्त कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ । उक्त दिन चाबहिलस्थित महांकालचौर देखि तिनचुली हुँदै बौद्ध महास्तुपा परिक्रमा गर्दै हायात चौरमा पुगेर समापन हुने गरी शान्ति रयाली आयोजना गरिने पनि जानकारी दिइएको छ ।
समितिका कार्यकारी निर्देशक मोहनकुमार तामाङले उक्त दिन रयोलीमा ५ हजार बौद्ध धर्मावलम्बीहरुलाई सहभागी गराउने योजना सुनाए । सो दिन हायात चौरमा आयोजना हुने औपचारिक कार्यक्रममा पूजापाठका साथै भगवान् बुद्धको अस्थि धातु दर्शन र गुरु दर्शनको व्यवस्थापन समेत समितिले गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण