कुष्ठरोगसम्बन्धी व्यापक रणनीति बनाउन जरुरी : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सरकारले कुष्ठरोग सम्बन्धी व्यापक रणनीति बनाउन जरुरी रहेको बताएका छन् । बिहीबार काठमाडौँमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै श्रेष्ठले स्वास्थ्य मन्त्रालयले कुष्ठरोगीलाई औषधि र उपचारको मात्रै व्यवस्था गरेर नपुग्ने बताएका हुन् ।
उनले कुष्ठरोगको सम्बन्धमा व्यापक रणनीति बनाउन जरुरी रहेको बताए । उनले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता र जीवनस्तर र सार्वजनिक निर्णय प्रक्रियामा सहभागिता हुने समावेशिताको सिद्धान्त कुष्ठरोगबाट निको भइसकेका व्यक्तिहरूलाई समावेश गर्न जरुरी रहेको बताए । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, ‘स्वास्थ्य मन्त्रालयले औषधि र उपचारको मात्रै व्यवस्था गरेर पुग्दैन । यो कुष्ठरोगको सम्बन्धमा एउटा कन्प्रिहेन्सिभ स्ट्राटेजी डेभलप गर्नुपर्छ ।’
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले कुष्ठरोगीले म कुष्ठरोगी हुँ भन्ने कुरा गर्वका साथ भन्न सक्ने स्थिति निर्माण गर्न जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण