फिल्म ‘महाराजाधिराज’ मा वर्षाको इन्ट्री
शुक्रबार, २६ वैशाख २०८२, १२ : १२
काठमाडौँ । चलचित्र ‘महाराजाधिराज’ मा अभिनेत्री वर्षा शिवाकोटी भित्रिएकी छन् । फिल्मको मुख्य भूमिकाको लागि निर्माण युनिटले उनको छनौट गरेको हो । आर्यन सिक्देल, रमेश उप्रेती र पल शाहपछि निर्माण पक्षले वर्षालाई अनुबन्ध गरेको हो ।
परिच्छेद सेनले निर्देशन गर्न लागेको फिल्मको रिलिज आगामी फूलपाती तोकिएको छ । सेनले यसअघि ‘प्रेमगञ्ज’ निर्देशन गरेका थिए ।
‘महाराजाधिराज’ का प्रस्तुतकर्ता विराज विष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो । फिल्मको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण