फिल्म ‘महाराजाधिराज’ मा वर्षाको इन्ट्री
शुक्रबार, २६ वैशाख २०८२, १२ : १२

काठमाडौँ । चलचित्र ‘महाराजाधिराज’ मा अभिनेत्री वर्षा शिवाकोटी भित्रिएकी छन् । फिल्मको मुख्य भूमिकाको लागि निर्माण युनिटले उनको छनौट गरेको हो । आर्यन सिक्देल, रमेश उप्रेती र पल शाहपछि निर्माण पक्षले वर्षालाई अनुबन्ध गरेको हो ।
परिच्छेद सेनले निर्देशन गर्न लागेको फिल्मको रिलिज आगामी फूलपाती तोकिएको छ । सेनले यसअघि ‘प्रेमगञ्ज’ निर्देशन गरेका थिए ।
‘महाराजाधिराज’ का प्रस्तुतकर्ता विराज विष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो । फिल्मको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?
-
गभर्नरको रेसमा रहेका श्रेष्ठले राष्ट्र बैंकबाट पाए अवकाश, राजीनामाबारे यस्तो प्रस्टोक्ति
-
दुई दशकदेखि सफल हुन नसकेको पेट्रोलमा इथानोल मिसाउने योजना चालु वर्ष भित्रै कार्यान्वयनमा ल्याइँदै
-
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
कर्णाली प्रदेश सरकारले पठाएको राहत हुम्ला पुग्यो