लागुऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
काठमाडौँ । अवैध लागु औषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ परेका छन् । मोरङ, धनकुटा, पर्सा लगायतका जिल्लाबाट सात जना पक्राउ परेका हुन् । मोरङको विराटनगर महानगरपालिका– १६ हुलास चोकबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब १ ग्राम २० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका–८ बस्ने ४६ वर्षीय राज तामाङ र सोही उपमहानगरपालिका(१५ बस्ने ३५ वर्षीय प्रवीण पोखरेल रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङकै विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ २ ग्राम ८ सय मिलिग्रामसहित सुनसरी इटहरी उपमहानगरपालिका–१२ बस्ने ३१ वर्षीय अमृत बङ्गालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले
उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उता पर्साको वीरगन्ज महानगरपालिका–१६ शङ्कराचार्य गेटबाट अवैध लागुऔषध गाँजा करिब १ किलोग्राम सहित बारा जीतपुरसिमरा उपमहानगरपालिका–१४ बस्ने २५ वर्षीय अफरोज आलमलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका–६ बर्मेली टोलबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १ ग्राम ३ सय २० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१२ सरेणडाँगी बस्ने १९ वर्षीय भूमिराज राई र सोही नगरपालिका–१२ नयाँ बस्ती बस्ने २२ वर्षीय इश्वर राई रहेका
छन् । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले भारतको पानी ट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट गाँजा करिब १० किलोग्रामसहित सहिद भूमि गाउँपालिका–५ खोकु बस्ने ३१ वर्षीय उद्धव राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटा हिलेबाट इटहरीतर्फ जाँदै गरेको प्र–१–०२–००१ ज ४३२६
नम्बरको माईक्रोलाई जाँच गर्ने क्रममा माइक्रोमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण