कर्णाली नदीमा डुबेर दुई किशोर बेपत्ता

सुर्खेत । कर्णाली नदीमा डुबेर शुक्रबार दुई जना किशोर बेपत्ता भएका छन् । नदीमा डुबेर कालिकोटको नरहरीनाथ गाउँपालिका—१, कोटबाडाका १६ वर्षीय विराज विष्ट र दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका—९, डौँसुरका १६ वर्षीय भुवन सावन बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकारी लालबहादुर सुनारका अनुसार साउँद शुक्रबार बिहान १०ः३० बजेतिर चामुण्डाबिन्द्रासैनी नगरपालिका—७, अन्तर्गत पर्ने लामादुवाला स्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् ।
‘पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको कुरा स्थानीयले प्रहरीलाई खबर गरेका थिए,’ सुनारले रातोपाटीसँग भने, ‘लगत्तै प्रहरी टोली र स्थानीय मिलेर अहिले खोजी कार्य भइरहेको छ । अहिलेसम्म पत्ता लागेको छैन ।’
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार विष्ट शुक्रबार दिउँसो पचालझराना गाउँपालिका—४, को को चाँटेबगर स्थिती कर्णालीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् । उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित
-
निगुरो बेचेर घर खर्चको जोहो गर्दै कुमाल समुदाय
-
झापाका कृषकले पाएनन् चैते धानको समर्थन मूल्य
-
‘कञ्चनजङ्घा आरोहणले दुई देशबीचको सम्बन्ध थप बलियो’
-
निजामती अस्पतालमा नयाँ प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण सुरु
-
अयोध्या–धामको नाममा जग्गा नहुँदा समस्या