शनिबारदेखि वीरेन्द्रनगरमा ‘कर्णाली छोरी सम्मेलन’, प्रदेशका दुई सय छोरीहरू सहभागी हुँदै

सुर्खेत । कर्णालीमा पहिलो पटक ‘कर्णाली छोरी सम्मेलन’ हुने भएको छ । श्री ज्योति फाउन्डेसन नामक एक संस्था र प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा शनिबारदेखि सोमबारसम्म छोरी सम्मेलन हुने भएको हो ।
प्रदेश राजधानी वीरेन्द्रनगरको शुभ होटलमा हुने उक्त कार्यक्रमका लागि सम्पूर्ण तयारी भइसकेको ज्योति फाउन्डेसनका अध्यक्ष ज्योति कटुवालले जानकारी दिइन् ।
कर्णालीका छोरी सशक्तीकरण अभियानको माध्यमबाट सचेत, सबल, सक्षम तथा आत्मनिर्भर कर्णालीका छोरीहरूको निर्माण र विकासमा सघाउ पुर्याउने उद्देश्यसहित उक्त सम्मेलन गर्न लागिएको उनको भनाइ छ ।
‘यो सम्मेलन एक सम्मेलन मात्र नभएर कर्णालीका छोरीहरूको चेतना जागृत गर्ने र स्वप्निल बन्न सिकाउने एक सामाजिक सन्देश प्रवाह गर्ने जमर्को हो,’ उनले भनिन्, ‘कर्णालीका छोरीहरू सशक्तीकरणको एक गतिशील अभियान हो ।’
कर्णालीका छोरीहरू आफैँमा कमजोर नभई अधिकार र अवसरबाट वञ्चित भएको कारणबाट नै कमजोर देखिएको उनको भनाइ छ । ‘त्यो वास्तविकताको बोध गर्नु र गराउनु पनि यस सम्मेलनको मूल धेय हो,’पत्रकार सम्मेलनमा उनले थप प्रस्ट पार्दै भनिन्, ‘कर्णालीका छोरीहरूलाई आफ्नो हक र अधिकार बोध गराउने र तिनीहरूको जीवन रूपान्तरणको माध्यमबाट कर्णालीको समुज्ज्वल भविष्यको चित्र कोर्ने अभिप्राय हो ।’
सम्मेलनमा कर्णालीका ७९ वटा स्थानीय तहबाट २/२ जना प्रतिनिधिहरू तथा सीमान्तकृत र लोपोन्मुख राउटे, राजी, बादी र बोटे समुदायबाट थप दुई/दुई जना गरी २०० जना छोरीहरूको सहभागिता रहने उनको भनाइ छ । कार्यक्रमका लागि छोरीहरू शुक्रबार नै वीरेन्द्रनगरमा आइसकेका छन् ।
आ–आफ्नो स्थानीय तह, क्षेत्र तथा समुदायको प्रतिनिधित्व गर्ने छोरीहरूले यस सम्मेलनमार्फत आफ्ना आवाजहरू मुखरित गर्ने अवसर पाउने छन् ।
सम्मेलनमा हरेक दिन, छोरीका मनका कुरा, प्रवचन तथा बहस कार्यक्रमहरू सञ्चालन हुनेछन् । ‘छोरीका मनका कुरा’ शीर्षकमा सहभागी छोरीहरूले आफ्ना भोगाइहरू सुनाउने छन् ।
यसका साथै सृजनशील छोरीहरूलाई उनको प्रतिभा प्रस्तुत गर्ने अवसर पनि प्रदान गरिने कटुवालको भनाइ छ । प्रवचन कार्यक्रममा ‘छोरीहरूको जीवन रूपान्तरण’ शीर्षकमा विज्ञ व्यक्तित्वबाट व्याख्या, विश्लेषण हुनेछ ।
बहसका विषयहरू छोरीहरूको सशक्तीकरण र जीवन रूपान्तरणसँग सम्बन्धित हुने पनि उनले बताइन् । कार्यक्रमको उद्घाटन कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी युवती जो १० मिनेट ढिला हुँदा एयर इन्डियाको विमान चढ्न पाइनन्
-
विमान दुर्घटनामा पूर्वमुख्यमन्त्री रुपाणीको मृत्यु
-
‘सिट ११ए’ का यात्रु जो विमान दुर्घटनामा बाँचे
-
एयर इन्डियाको विमान दुर्घटनामा कम्तीमा २०४ जनाको मृत्यु
-
बिक्रीको डेढ दशकपछि किर्ते कागज खडा, पीडित नै अपहरण शैलीमा पक्राउ
-
अहमदाबाद विमान दुर्घटना : विमानस्थल पुनः खुल्यो