महिला टी–२० विश्वकप छनोटमा नेपालले बहराइनलाई हरायो
काठमाडौँ । थाइल्याण्डमा जारी आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गरेको छ । वर्षाले प्रभावित भएर ५ ओभरमा छोट्याइएको खेलमा बहराइनले प्रस्तुत गरेको ४२ रनको लक्ष्य नेपालले मात्र १ विकेटको क्षतिमा पछ्यायो ।
नेपालका लागि कविता कुँवरले ११ बलमा सर्वाधिक १८ रनको योगदान दिइन् । उनले ४ चौका प्रहार गरिन् ।
त्यस्तै, अर्की ओपनर सम्झना खड्काले १० बलमा १३ रन बनाउँदै नटआउट रहिन् । कप्तान इन्दु वर्माले ५ बलमा १ चौकाको मद्दतले ७ रन जोड्दै टोलीलाई जितसम्म डोर्याइन् ।
यसअघि पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ५ ओभरमा ४१ रन बनाएको थियो । टोलीका लागि कप्तान दीपिका रासांगिकाले शानदार ब्याटिङ गर्दै १३ बलमा ३४ रन जोडेकी थिइन् । उनले ६ चौका र १ छक्का प्रहार गरिन् ।
थारांगा गजनायकेले ३ तथा जेनेब फाजिलले २ रन जोडिन् । नेपालका लागि एक मात्र विकेट पूजा महतोले लिइन् ।
यसअघि नेपाल र हङकङबिचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । समूह सीमा रहेको अब नेपालले मंगलबार पुनः हङकङसँग खेल्नेछ । त्यसपछि बिहीबार नेपाल र बहराइन फेरि भिड्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण