शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

एकीकृत समाजवादीको युवा सङ्घ महाधिवेशन आयोजक कमिटी संयोजकमा थापा

शनिबार, २७ वैशाख २०८२, १३ : ११
शनिबार, २७ वैशाख २०८२

काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट युवा सङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशन आगामी भदौ अन्तिम साता काठमाडौँमा आयोजना हुने भएको छ । 

पार्टीले हालै एक अपानी जारी गदै नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी संयोजकको जिम्मेवारी नुवाकोटका रोशन थापा दिएको छ । 

सहसंयोजकको जिम्मेवारी कमरेडहरू बाजुराका धर्म शाही  र सञ्जिव राई, इलामलाई प्रदान गरिएको अपानीमा उल्लेख छ । 

आयोजक कमिटीलाई पूर्णता दिनका लागि युवा सङ्घ नेपालका इञ्चार्जलाई एक हप्ताभित्र सुझाव पेश गर्न कार्यदल गठन गरिएको छ । रोशन थापा

संयोजक रहेको कार्यदलमा धर्म शाही, सञ्जिव राई, नरेश गिरि, प्रेम प्रधान र फइन्द्र तामाङ सदस्य रहेका छन् । 

494577054_1003350331921363_601024317181887926_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप