टीआरसी छनोट प्रक्रिया खारेज गर्न माग गर्दै प्रदर्शन

काठमाडौँ । टीआरसी छनोट प्रक्रिया खारेज गरी नयाँ सिफारिस प्रक्रिया थाल्न माग गर्दै द्वन्द्व पीडित समुदायले शनिबार काठमाडौँमा प्रदर्शन गरेका छन् ।
टीआरसी छनोट प्रक्रिया खारेज गर्दै तत्काल पीडित समुदायको अर्थपूर्ण परामर्श र अपनत्व सुनिश्चित गरी नयाँ सिफारिस प्रक्रिया थाल्न माग गर्दै उनीहरूले शनिबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले आम द्वन्द्व पीडित समुदायलाई पूर्णतः उपेक्षा गरी अपारदर्शी, देखावटी र भागबन्डाका आधारमा टीआरसी छनोट प्रक्रिया अघि बढाइएको भन्दै आपत्ति जनाएका छन् । प्रदर्शनकारीहरूले सिफारिस समिति खबरदार, जबरजस्ती गरे बहिष्कार, नयाँ सिफारिस प्रक्रिया थालियोस्, भागबन्डाको समिति मान्दैनौ लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् । उनीहरूले सरकार र दल नियन्त्रित प्रक्रियाबाट बनाइने आयोग नमान्ने जनाएका छन् ।
साथै द्वन्द्व पीडित समुदायले आफूहरूको माग सम्बोधन नभए पीडितहरूको अगुवाकमा समानान्तर नागरिक आयोग गठन गर्ने चेतावनी समेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी