काठमाडौँ । ७२ औँ मिस वर्ल्ड २०२५ सुन्दरी प्रतियोगिता भारतको हैदराबादमा सुरु भएको छ । शनिबार गाचिबोली स्टेडियममा एक कार्यक्रबिच प्रतियोगिताको उद्घाटन गरिएको हो ।
तेलंगानाका मुख्यमन्त्री ए रेवन्त रेड्डीले कार्यक्रमको उद्घाटन गरेका हुन् । भारत र पाकिस्तानबिच जारी तनावले मुख्यमन्त्री कार्यक्रमको सुरुवातमा उपस्थित नभए पनि युद्धविरामको घोषणासँगै उनी पछि कार्यक्रमस्थल पुगेका थिए । रेड्डीसँगै मिस वर्ल्डकी सीईओ जुलिया मोर्लेले कार्यक्रमको औपचारिक सुरुवात गरे ।
प्रतियोगितामा सहभागी ११० देशका प्रतियोगीहरुलले र्याम्पमा राष्ट्रिय झण्डा बोकेर हिँडेका थिए । यसपटक नेपाललाई सृच्छा प्रधानले प्रतिनिधित्व गरिरहेकी छन् ।
हेरौँ उद्घाटन समारोहमा तस्बिरहरू :































प्रतिक्रिया