‘दक्षिण कोरियामा मौसमी कामदार पठाउने विषयमा सम्झौता गरिएको छैन, भ्रमपूर्ण विज्ञप्तिबाट सचेत रहनुस्’
आइतबार, २८ वैशाख २०८२, १५ : २२
काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले किर्ते हस्ताक्षर सहितको भ्रमपूर्ण प्रेस विज्ञप्तिबाट सचेत रहन आग्रह गरेको छ ।
गत चैत्र २५ गते दक्षिण कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा नेपाल सरकार र दक्षिण कोरिया सरकारबिच सम्झौता भएकोले भगिनी सम्झौता कामय गरेका स्थानीय तहहरुले मन्त्रालयमा सम्पर्क गर्नु भन्ने व्यहोराको प्रेस विज्ञप्ति सार्वजनिक गरिएको थियो ।
सोही विषयमा शुक्रबार मन्त्रालयले प्रेस नोट जारी गर्दै उक्त भ्रमपूर्ण प्रेस विज्ञप्तिबाट सचेत र सजग रहन आग्रह गरेको हो ।
साथै मन्त्रालयले उक्त विषयमा कुनै पनि निर्णय नगरिएको समेत प्रष्ट पारेको छ । भ्रम फैलाउने व्यक्ति,समूहमाथि कारबाही गर्न समेत मन्त्रालयले आग्रह गरेकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण