सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

रुकुम पश्चिममा जिप दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

सोमबार, २९ वैशाख २०८२, २० : ०४
सोमबार, २९ वैशाख २०८२

रुकुम पश्चिम । रुकुम पश्चिममा सोमबार भएको जिप दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सानोभरी गाउँपालिका वडा नम्बर १० की ४४ वर्षीया लिला ओली रहेकी छन् ।

यसअघि दुर्घटनामा सोही ठाउँका ५० वर्षीय नरबहादुर ओलीको मृत्यु भइसकेको छ । आज लुम्बिनी प्रदेश ०२-००१ च ०१७७ नम्बरको गाडी सानोभरी गाउँपालिका—१० का सिम्लीदेखि भित्रितर्फ जोड्ने सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषी पाठकले बताए । प्रहरीका अनुसार ब्रेक फेल भएर दुर्घटना भएको हो ।  

यस्तै जिप चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–७ का ४४ लिलमणि भण्डारी र ५० वर्षीया दुर्गा ओली घाइते छन् । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए । घाइतेहरूको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

ब्रेक फेल भएर जिप ४०० मिटर तल खसेको थियो  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप