काठमाडौँको मखन टोलमा आगलागी
बुधबार, ३१ वैशाख २०८२, ०८ : २४
सारांश
- काठमाडौंको मखन टोलमा आगलागी भएको छ, जसले गर्दा ४ तले कच्ची घरमा क्षति पुगेको छ।
- ग्यास लिक भएर आगलागी सुरु भएको र आगो नजिकैको पक्की घरमा समेत फैलिएको छ।
- प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली आगो नियन्त्रणका लागि खटिएका छन् र उद्धार कार्य जारी छ।
- ६ वटा दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ, तर नियन्त्रणमा आउन सकेको छैन।
काठमाडौँ । काठमाडौँ महानगरपालिका– २४ स्थित मखन टोलमा आगलागी भएको छ । मखन टोलको महादेव चोकमा रहेको एक घरमा आगलागी भएको हो ।
दयाराम श्रेष्ठको ४ तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी भएको हो । आगो आडैमा रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा सल्किएको छ ।
आगलागी भएको घरमा रहेकाहरूको उद्धार गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ । आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
उक्त स्थानमा प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दको कमान्डमा २० जनाको प्रहरी टोली, नेपाल आर्मी र सशस्त्र प्रहरी बलको टोली आगो नियन्त्रणमा खटिएको छ ।
जुद्ध बारुद २, नेपाल आर्मी, ललितपुर महानगरपालिका, रामहिटी, र बालाजु औद्योगिक क्षेत्रको गरी ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको प्रहरी वृत्त जनसेवाले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजबारे इरानको अडान कायमै, अमेरिकासँग प्रत्यक्ष वार्ता अस्वीकार
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण