आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बट्लरको स्थानमा यी खेलाडीलाई भित्र्याउँदै गुजरात

बिहीबार, ०१ जेठ २०८२, १६ : १०
बिहीबार, ०१ जेठ २०८२

सारांश

  • श्रीलंकाका कुशल मेन्डिस गुजरात टाइटन्समा आबद्ध हुने चर्चा छ, जसले जोस बट्लरको स्थान लिने सम्भावना छ।
  • बट्लर वेस्ट इन्डिजविरुद्धको खेलका कारण आईपीएल प्लेअफमा उपलब्ध नहुने भएपछि मेन्डिसको चर्चा बढेको हो।
  • भारत-पाकिस्तान तनावका कारण विदेशी खेलाडी फर्कन नसक्दा छोटो समयका लागि अन्य खेलाडी अनुबन्ध गर्न अनुमति दिइएको छ।
  • यसअघि दिल्ली क्यापिटल्सले मुस्तफिजुर रहमानलाई ज्याक फ्रेजर म्याकगर्कको स्थानमा अनुबन्ध गरेको छ, तर एनओसी समस्या देखिएको छ।

नयाँ दिल्ली । श्रीलंकाका विकेटकिपर ब्याट्सम्यान कुशल मेन्डिस इन्डियन प्रिमियर लिग (क्लब) गुजरात टाइटन्ससँग आबद्ध हुने चर्चा चलेको छ । 

भारतीय मिडियाका अनुसार मेन्डिसले टोलीमा जोस बट्लरको स्थान लिनेछन् । यद्यपि, गुजरातले यसबारे कुनै औपचारिक जानकारी दिएको छैन ।

बट्लर वेस्ट इन्डिजविरुद्ध मे २९ देखि सुरु हुने एकदिवसीय शृङ्खलाका कारण आईपीएलको प्लेअफ खेलहरूका लागि उपलब्ध हुने छैनन् । भारत–पाकिस्तान तनावका कारण आईपीएल बिचमै स्थगन भएपछि धेरै विदेशी खेलाडीहरू पुनः प्रतियोगितामा फर्कन सकस भइरहेको छ । यस्तोमा प्रतियोगितामा छोटो समयका लागि ती खेलाडीको स्थानमा अन्य विदेशी खेलाडीलाई अनुबन्ध गर्न अनुमति दिइएको छ ।

यसअघि बुधबार दिल्ली क्यापिटल्सले बंगलादेशका तीव्र गतिका बलर मुस्तफिजुर रहमानलाई ओपनर ज्याक फ्रेजर म्याकगर्कको स्थानमा टोलीमा भित्र्याएको खबर आएको थियो । म्याकगर्कले अब बाँकी सिजनका लागि भारत नआउने भएका छन् ।

दिल्लीले रहमानका लागि ६ करोड भारतीय रुपैयाँ खर्च गर्ने सम्झौता भएको बताइएको छ । यद्यपि, बंगलादेश क्रिकेट बोर्डले एनओसी जारी नगरेकाले यो सम्झौता समस्यामा देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप