नक्कली सुनको मूर्ति देखाएर करिब २२ लाख ठगेको आरोपमा एक जना पक्राउ
शुक्रबार, ०२ जेठ २०८२, १७ : २७
सारांश
- प्रहरीले नक्कली सुनको मूर्ति देखाएर २२ लाख ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा संखुवासभाका काशीनाथ पौडेल छन्, जसले बुद्धको मूर्ति देखाएर रकम ठगेका थिए।
काठमाडौँ । सुनको नक्कली मूर्ति देखाएर एक जनाले करिब २२ लाख ठगी गरेका छन् । बुद्ध भगवानको मूर्ति देखाएर ठगेको आरोपमा प्रहरीले संखुवासभाको धर्मदेवी नगरपालिका–३ घर भएका काशीनाथ पौडेललाई पक्राउ गरेको छ ।
उनले दुई जनाबाट २१ लाख ८५ हजार ठगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए ।
सुनको मूर्ति सस्तोमा दिन्छु भनेर आरोपीले भक्तपुर बस्दै आएका ३९ वर्षीय प्रेम कुमार विकसँग १० लाख र न्यूरोड बस्ने राजकुमार विकसँग ११ लाख ८५ हजार ठगी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण