आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

रामायणले नेपाली समाजलाई जोड्ने काम गर्‍यो :  शिक्षामन्त्री पन्त

शनिबार, ०३ जेठ २०८२, १७ : ५१
शनिबार, ०३ जेठ २०८२

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले रामायणले नेपाली समाजलाई जोड्ने काम गरेको बताएका छन् । प्राध्यापक राजेन्द्र सुवेदीको कृति भूमिका र समालोचनको सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले रामायणले नेपाली कृति खोजेर पढ्ने वातावरण बनाउनुका साथै संस्कृतको प्रभुत्वलाई पण्डित र संस्कृतज्ञहरुको बिचबाट नेपाली भाषामा लेखेर महत्त्वपूर्ण काम गरेको बताए । 

नेपाली राजनीतिज्ञले पनि नेपाली साहित्य पढ्ने र कृतिका बारेमा समीक्षा गर्ने काम पछिल्लो समय देखिँदै आएको मन्त्री पन्तको भनाइ थियो । उनले पछिल्लो समयमा मोदनाथ प्रश्रितसँगै मोहन वैद्य, मोहनविक्रम सिंह लगायतका नेताले पनि कृति समीक्षाका विषयमा कलम चलाएको स्मरण गरे ।

उनले भने, ‘रामायणको बारेमा हामीले प्रश्रितजीसँग बहस गर्‍यौँ । के हो त यसको ? रामायणले नेपाली समाजलाई अन्धविश्वासमा लग्यो भनेर एकथर भन्छन् । होइन रामायणले नेपाली समाजलाई जोड्ने काम गर्‍यो । नेपाली साहित्यमा यो पढ्नुपर्छ भनेर नेपाली कृति खोजेर पढ्ने काम गर्‍यो । घरघरमा लोकप्रिय भयो । र नेपाली भाषालाई लेख्य रूपमा पनि र त्यसभन्दा अघि संस्कृतको प्रभुत्वलाई पण्डित र संस्कृतज्ञहरुको बिचबाट नेपाली भाषामा लेखेर नेपाली भाषामा साहित्य कृतिलाई पुर्‍याउने काम गरयो ।’ 

उनले भने, ‘प्रश्रितजीसँग हामीले बहस गर्‍यौँ । त्यतिबेला उहाँले सुदर्शन भन्ने नाममा देवकोटाको बारेमा सुस्केराको विशेषाङ्कमा समीक्षा गर्नुभएको छ । पछि मोहन वैद्यले पनि समीक्षा गर्नुभएको छ । यद्यपि नेपालका राजनीतिक नेताहरूले साहित्य त पढ्थे तर समीक्षामा कलम चलाउने कमै छन् । खासगरी त्यसमा साहित्यिक पृष्ठभूमिबाटै गएको हुनाले प्रश्रितजीको हामी भूमिका देख्छौँ । मोहन वैद्यको पनि दार्शनिक र समीक्षामा देख्छौँ । पछिल्लो कालखण्डमा मोहनविक्रमले पनि समीक्षाका विषयमा कलम चलाउनुभएको छ ।’

उनले पछिल्लो समय मार्क्सवादी कोणबाट समाजलाई चेतनशील कोणबाट कृतिहरूको विश्लेषण गर्ने काममा प्राध्यापक सुवेदीको भूमिका पनि स्मरण गर्नुभयो । -न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप