आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति

आइतबार, ०४ जेठ २०८२, १२ : ०६
आइतबार, ०४ जेठ २०८२

समाचार सारांश

  • गत साताको हुरी र वर्षाले चितवनमा केराखेतीमा २० प्रतिशत क्षति पुगेको छ।
  • कालिका नगरपालिका, चैनपुर, वीरेन्द्रनगर र रत्ननगर लगायतका क्षेत्रमा १५ देखि २० प्रतिशतसम्म क्षति भएको छ ।
  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले क्षतिको विवरण सङ्कलन गरिरहेको छ।

चितवन । गत साता आएको हुरीसहितको वर्षाले यहाँको केराखेतीमा २० प्रतिशत क्षति भएको छ । जिल्लाका पूर्वी र पश्चिम क्षेत्रमा लगाइएको केरामा क्षति भएको केरा उत्पादक सङ्घ चितवनका अध्यक्ष घननाथ महतोले बताए । 

उनका अनुसार गत  बुधबार र बिहीबार पूर्वी चितवनको कालिका नगरपालिका, चैनपुर, वीरेन्द्रनगर र रत्ननगरमा गरिएको केराखेतीमा क्षति पुगेको छ । ती क्षेत्रमा १५ देखि २० प्रतिशतसम्म क्षति पुगेको उनको भनाइ छ । शुक्रबार आएको हुरीका कारण भरतपुर महानगरपालिका वडा नं २३ र २६ मा केराखेतीमा क्षति पुगेको छ । साथै भरतपुरको ठिमुरा क्षेत्रमा पनि क्षति पुगेको छ । 
 
केराखेती गर्दै आएका कालिका नगरपालिकाका माधव घिमिरेले उत्पादन लिने समयमा हुरीले केरामा क्षति पु¥याएको बताए। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनका सूचना अधिकारी रविकीरण अधिकारीका अनुसार हुरीले केराखेतीमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताए । जिल्लामा हाल मालभोग, चिनी चम्पा र जि–९ जातको केराखेती हुँदै आएको छ । यहाँ तीन हजार बिघाभन्दा बढी क्षेत्रफलमा ७०० भन्दाबढी किसानले केराखेती गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप