नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

समाचार सारांश
- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.७९ अङ्कले घटेर २६०९.०५ विन्दुमा झरेको छ।
- आज ३०९ कम्पनीको शेयर किनबेच हुँदा ८ अर्ब ५० करोडभन्दा बढीको कारोबार भयो।
- ओम मेगाश्री फर्मास्युटिकल्सको शेयरमा सकारात्मक सर्किट लाग्यो भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य घट्यो।
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव ७९ अङ्कले घटेर दुई ६०९ दशमलव शून्य पाँचको विन्दुमा कायम भएको छ । पछिल्लो छ कारोबार दिन आज पनि नेप्से परिसूचकमा गिरावट देखिएको हो ।
आज तीन सय नौ कम्पनीको एक करोड ६९ लाख सात हजार ७३७ कित्ता शेयर ७९ हजार ८९३ पटक खरिदबिक्री हुँदा रु आठ ५० करोड ९२ लाख २१ हजार ३१२ दशमलव ६१ को कारोबार भएको छ । आज एक सय कम्पनीको शेयर मूल्य बढ्दा एक सय ४५ कम्पनीको घटेको छभने एउटा स्थिर अवस्थामा छ ।
आज ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, छाब्दी हाइड्रोपावर लिमिटेड नौ दशमलव ९९, विन नेपाल लघुवित्तीय संस्था लिमिटड नौ दशमलव ५३, नेपाल पुनर्बिमा कम्पनी आठ दशमलव ४१, बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य सात ३२ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा बढी कर्पोरेट डेभपलमेन्ट बैंक लिमिटेडको शेयर मूल्य आठ दशमलव ७१ प्रतिशतले घटेको छ । साथै सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनीको रु ७० करोड ३७ लाखको शेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमत पार्टीका कोषाध्यक्ष रिहा
-
यी हुन् बागमतीका मेयर र उपमेयरविरूद्ध अख्तियारले लगाएका आरोपहरू
-
उत्कृष्ट सुरूवात बावजुद राजस्थान पराजित, पञ्जाबको सम्भावना कायमै
-
राइड सेयरिङ नियमावली जारी गरिएपछि राइडर्समा उत्साह
-
जिपी कोइराला अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गरिने
-
एमाले केन्द्रीय सल्लाहकार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश, अध्यक्ष थापाले भने - जेठ १५ को आन्दोलन शान्तिपूर्ण हुन्छ