नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो
सारांश
- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.७९ अङ्कले घटेर २६०९.०५ विन्दुमा झरेको छ।
- आज ३०९ कम्पनीको शेयर किनबेच हुँदा ८ अर्ब ५० करोडभन्दा बढीको कारोबार भयो।
- ओम मेगाश्री फर्मास्युटिकल्सको शेयरमा सकारात्मक सर्किट लाग्यो भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य घट्यो।
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव ७९ अङ्कले घटेर दुई ६०९ दशमलव शून्य पाँचको विन्दुमा कायम भएको छ । पछिल्लो छ कारोबार दिन आज पनि नेप्से परिसूचकमा गिरावट देखिएको हो ।
आज तीन सय नौ कम्पनीको एक करोड ६९ लाख सात हजार ७३७ कित्ता शेयर ७९ हजार ८९३ पटक खरिदबिक्री हुँदा रु आठ ५० करोड ९२ लाख २१ हजार ३१२ दशमलव ६१ को कारोबार भएको छ । आज एक सय कम्पनीको शेयर मूल्य बढ्दा एक सय ४५ कम्पनीको घटेको छभने एउटा स्थिर अवस्थामा छ ।
आज ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, छाब्दी हाइड्रोपावर लिमिटेड नौ दशमलव ९९, विन नेपाल लघुवित्तीय संस्था लिमिटड नौ दशमलव ५३, नेपाल पुनर्बिमा कम्पनी आठ दशमलव ४१, बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य सात ३२ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा बढी कर्पोरेट डेभपलमेन्ट बैंक लिमिटेडको शेयर मूल्य आठ दशमलव ७१ प्रतिशतले घटेको छ । साथै सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनीको रु ७० करोड ३७ लाखको शेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण