सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

अख्तियारसम्बन्धी विधेयक छिटो ल्याउन अर्जुननरसिंह केसीको माग

सोमबार, ०५ जेठ २०८२, ११ : ४८
सोमबार, ०५ जेठ २०८२

समाचार सारांश

  • अर्जुननरसिंह केसीले अख्तियारसम्बन्धी तेस्रो संशोधन विधेयक छिटो ल्याउन माग गरेका छन्।
  • उनले राज्य व्यवस्था तथा सुशासन समितिले बनाएको उपसमितिले सहमति जुटाएको विधेयक ल्याउन आग्रह गरे।
  • सांसद केसीले सुशासन कायम गर्न विधेयक छिटो ल्याउनुपर्ने बताए, नीतिगत निर्णयको मापन हुनुपर्नेमा जोड दिए।

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अख्तियारसम्बन्धी तेस्रो संशोधन विधेयक छिटो ल्याउन माग गरेका छन् ।

 प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै उनले राज्य व्यवस्था तथा सुशासन समितिले कांग्रेस सांसद हृदयराम थानीको संयोजकत्वमा उपसमिति बनाएर सहमति जुटाइएको विधेयक छिटो ल्याउन माग गरेका हुन् । 

सांसद केसीले मुलुकमा सुशासन हुन नसकिरहेको अवस्थामा विधेयक छिटो ल्याएमा मुलुकलाई सुशासन बाटोमा डोर्‍याउन सहज हुने बताए । 

उनले मन्त्रिपरिषद् पनि संविधान अन्तगत नै पर्ने भएकाले नीतिगत निर्णय सुशासन कायम गर्ने खालका छन् कि छैनन् भन्ने मापन गर्ने व्यवस्था गरिए उपयुक्त हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप