तीनकुनेको घटना अपराधकर्म हो, धर्मसँग जोडेर नहेरौँ : गृहमन्त्री
सारांश
- गृहमन्त्री रमेश लेखकले तीनकुने घटना हिंसात्मक भएको बताएका छन्। उनले घटनालाई धर्मसँग जोडेर नहेर्न आग्रह गरे।
- तीनकुने घटनाबारे अनुसन्धान भइरहेको र सरकार यस्ता घटना रोक्न सचेत रहेको गृहमन्त्री लेखकले बताए।
- प्रदर्शनमा घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गरिरहेको छ, भने पत्रकार सुरेश रजक र सविन महर्जनको ज्यान गएको थियो।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले चैत १५ गते राजधानीको तीनकुनेमा भएको घटना हिंसात्मक भएको बताएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सांसद प्रेम सुवालले सोधेको प्रश्नको जवाफ दिँदै लेखकले भने, ‘तीनकुने घटनाको आगजनी र हिंसा अपराधकर्म भएकाले त्यसलाई धर्मसँग जोडेर नहेर्न आग्रह गर्दछु, हिंसालाई धर्मसँग जोड्न सकिँदैन ।’
तीनकुने घटनाबारे आवश्यक अनुसन्धान भइरहेको पनि लेखकले जवाफ दिए । हिन्दु धर्मप्रति आफ्नो आस्था रहेको उल्लेख गर्दै लेखकले भने, ‘तर, त्यसको अर्थ अरू धर्महरू नराम्रा छन् भन्ने होइन ।’ उनले धर्मको आवरणमा आपराधिक काम गर्नु नहुने समेत बताए ।
तीनकुनेको जस्तै अपराधजन्य घटना हुन नदिने कुरामा नेपाल सरकार सचेत मन्त्री लेखकले प्रतिबद्धता जनाएका छन् ।
तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनको कारण भएको क्षतिबारे अनुसन्धान भइरहेको उनले बताए ।
प्रदर्शनमा गोली लागेर घाइते भएका दुई जनाको उपचार हुँदै गरेको उनले बताए । मन्त्री लेखकले भने,‘अरू घर फर्केका छन्, घाइतेहरूको सरकारले निःशुल्क उपचार गरिरहेको छ ।’ तीनकुनेमा पत्रकार सुरेश रजक र सविन महर्जनले ज्यान गुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण